‘आन्तरिक उडानका लागि बुकिङ उत्साहजनक’
काठमाडौं । ६ महिनापछि सुरू हुन लागेको आन्तरिक उडानका लागि बुकिङ उत्साहजनक देखिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द रहेको हवाई उडान आगामी सोमबारदेखि सञ्चालनमा आउने भएको हो ।
सरकारले असोज १ गतदेखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनीहरु ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।
नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई पालना गरेर यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाइएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो ।
अन्तराष्ट्रिय उडान भने भदौ १६ गतेदेखि नै सञ्चालनमा आइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्