बाँकेमा आज २३ जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँकेमा आज २३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याबमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५ सय ७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
हालसम्म १ हजार २ सय ३ जना कोरोना निको भएका छन् । नौ जनाको भने कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्