‘भूमिको उपयोगका लागि ३ सय ६९ स्थानीय तहको नक्शा हस्तान्तरण’
काठमाडौं । भूमिव्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयले देशभरको भूमिको उपयोगका लागि ३ सय ६९ स्थानीय तहको नक्शा निर्माण भई हस्तान्तरण भइसकेको जनाएको छ ।
भूउपयोग ऐनको आधारमा देशभर जग्गाको वर्गिकरण गरी उपयोगको व्यवस्था गर्न मन्त्रालयले सबै स्थानीय तहको जमिनको अवस्थाको भौगोलिक नक्शा तयार पर्ने योजना अनुसार १ सय ६९ स्थानीय तहको नक्शा तयार भई हस्तान्तरण गर्न मात्र बाँकी रहेको र हालसम्म ५ सय ३२ वटा स्थानीय तहहरुको नक्शा तयार भएको मन्त्रालले जनाएको छ ।
चालु आर्थिक वर्षमा बाँकी २ सय २१ स्थानीय तहहरुको भूउपयोगको नक्शा निर्माण सम्पन्न गर्ने योजना रहेको मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिनु भयो ।
नक्शा निर्माण सम्पन्न भएपछि देशभर भूउपयोग ऐनको आधारमा विभिन्न १० वर्गमा जमिनको वर्गिकरण गरी उपयोग गर्न सकिने, कृषि भूमिलाई कृषि कार्यमा मात्र उपयोग गरी उत्पादन वृद्धि हुने तथा मुलुकमा खाद्यान्नको आयात घटाउन मद्धत पुग्ने मन्त्रालयको अपेक्षा रहेको छ ।
मन्त्रालयले भूउपयोग ऐनमा देशभरको जमिनलाई कृषि क्षेत्र, वनक्षेत्र, खानीक्षेत्र, औद्योगिक क्षेत्र, आवास क्षेत्र, लगायत गरेर १० वर्गमा भूमिको विभाजन गर्ने व्यवस्था गरेको छ ।
भुउपयोग नियमावली मन्त्रिपरिषदमा विचाराधीन रहेकोले त्यो स्वीकृत हुनासाथ जमिनको वर्गिकरण र उपयोगको व्यवस्था कार्यान्वयनमा जाने पनि सहसचिव जोशीले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्