तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु एक गम्भीर घाइते

तुलसीपुर । दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकास कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।

नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भिर घाइते भएका कुँवरको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले बताइएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पिपरीमा बिहान करिब ५ बजे नम्बर नखुलेको गाडीले कुँवरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गएराति तुलसीपुरमा मोटरसाइलक अनियन्त्रित भएर पल्टिदा एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको सिद्धकुमाख गाउँपालिका१ चाखलीघाट निबासी १९ बर्षका रबिन भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् ।

स्याउलीबजारबाट बजारतर्फ आउँदै गरेको रा१ख ५४३३ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय नजिकै अनियन्त्रित भई पल्टिदा उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button