बाँकेमा थप ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज थप ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ९२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार बाँकेमा कोरोना निको हुने दर ७७.१० प्रतिशत पुगेको छ । अब आइसोलेसनमा ३ सय ४८ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ४६ जनामा कोरोना पुष्टि हुँदा ९ जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्