तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थपिए २२  संक्रमित : जिल्लामा हालसम्म संक्रमित हुनेको सङ्ख्या नौ सय ३८

अछाम । अछाममा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डोटी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा साँफेबगर नगरपालिकाका १७ जना र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलसैन नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
यो सँगै अछाममा कोरोना संक्रमितको सङ्ख्या सात सय ३३ जना पुरुष र दुई सय पाँच जना महिला गरी नौ सय ३८ जना पुगेको छ । कोरोनाका कारण ३ जनाको ज्यान गएको अछाममा हालसम्म नौ सय पाँच जना निको भई घर फर्किसकेका छन् ।
अब जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ३० जना रहेको छ । स्वाब लिएका चार सय चार जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button