बुटवल -रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।
देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासङ्घको भवनमा रहेको क्वारेनटिन सोही वडाका २५ वर्षीय पिताम्बर पाण्डेले झुन्डिएर आत्महत्या गरेका हुन् ।
भदौ १७ गते भारतबाट आएका उनी उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधवार राति क्वारेनटाइनको बाहिर पट्टी छतमा रहेको फलामको रडमा झुन्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।
पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको थिएन । ‘आज वा भोलि रिपोर्ट आइपुग्ने कुरा थियो,’ देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले भने आत्महत्या गर्नुको कारण नखुलेको बताउनुभयो ।’
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले बताउनु भयो । यसअघि पनि सोही क्वारेन्टिनमा एक जनाले शरीरमा आगो लगाउँदा मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्