सिरहाका ५ सय ७ कैदीबन्दीमा कोरोनाका संक्रमण
अजय कुमार झा, जनकपुरधाम । सिरहा जिल्ला कारागारमा रहेका अधिकांश कैदीहरुमा कोरोनाको संक्रमण देखा परेको छ ।
कारागारमा रहेका ५ सय ९९ जनाको स्वास संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, राजविराज सहितको ठाउँमा दुई दिन गरिएको पी सी आर परीक्षणबाट ५ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिनु भएको छ ।
संक्रमण नदेखिएका ९२ जनालाई छुट्टै कोठामा राखेर व्यवस्थापनको काम भईरहेको पनि प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा कारागारमा रहेका शिशु देख ७३ वर्षसम्मका वृद्धसम्म रहनु भएको र उहाँहरुको अहिले उपचारको व्यवस्थापनमा जिल्ला स्तरीय कोभिड व्यवस्थापन समिति लागि पारेको पनि प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भयो ।
केही कैदीहरुमा ज्वरो तथा रुघा खोकी पनि देखिएकाले जोखिमको आधारमा व्यवस्थापनको काम भईरहेको सिरहाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भयो ।
सिरहा जिल्लाका कारागारका कैदी बन्दीहरुमा एकमुष्ट रुपमा देखिईएको कोरोनाका संक्रमणले कारागारका बन्दीहरुमा त्रासको वातावरण सृजना पनि भएको छ । देशका अन्य कारागारहरुलाई पनि कोरोनाले सुरक्षित बनाउनका लागि अपनाउनु पर्ने सुरक्षा सावधानीको विषयमा सजग बनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्