तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा एक हजार एक सय सङ्क्रमित उपचारपछि निको भई घर फर्किए

रुपन्देही । रुपन्देहीमा बुधबारसम्म एक हजार एक सय जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

जिल्लामा हालसम्म कुल सङ्क्रमितको कुल संख्या एक हजार आठ सय ६१ पुगेकोमा साथ सय ४१ जना कोरोना भाइरस सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । सङ्क्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।

यसैगरी बुधबार बुटवल उपमहानगरपालिकाका २४ सहित रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार रुपन्देहीको सैनामैना नगरपालिकाका छ, सिद्धार्थनगर नगरपालिकामा पाँच, तिलोत्तमा नगरपालिकाका चार जना र सियारी गाउँपालिकाका एक जना गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button