ब्राउनसुगरसहित दुईजना पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–१३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१५ का २९ वर्षीय श्रीमत सोरेन र विर्तामोड नगरपालिका–५ का २७ वर्षीय पवनकुमार वसाकलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार दुवैलाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई हिरासत लिई इलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्