तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारको अभियोग एक युवक पक्राउ

बर्दिबास ।  बलात्कारको अभियोग एक युवकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने १९ वर्षीय युवक रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईँले जानकारी दिनुभयो ।
मङ्गलवार साँझ घाँस काट्न गएकी २२ वर्षीय युवतीलाई बलात्कार भएको थियो । घटनापश्चात् युवतीलाई युवकले घरपरिवार र गाउँमा भने ज्यान मार्ने धम्की दिएको पीडित युवतीका आफन्तले बताएका छन् ।
युवती बयानको आधारमा युवकलाई गए राती घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवतीको शरीरमा र अन्य अङ्गमा घाउ चोट समेत रहेको परिवारजनले बताएका छन् ।
युवतीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको र घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको डिएसपी चापागाईँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button