चट्याङ लागेर एक जनाको मृत्यु, एक गम्भीर घाइते

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरबानामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिका वडा नं.१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा बिहान करिब १० बजे चट्याङ लागेर एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने वर्ष ४२ का धर्म प्रसाद राय चौधरी रहेका छन् । चट्याङबाट घाइते भएका चौधरीलाई स्थानीय डुमरबाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
त्यस्तै सोही टायर गाडामा बालुवा लोड गरिरहेका लेबर वर्ष २६ का तेतर माझी घाइते भएका छन् । उहाँको उपचार डुमरबाना पोली क्लिनिकमा भइरहेको छ । घाइते माझीको अवस्था चिन्तामुक्त रहेको चिकित्सकले बताएका छन् । टायर र राँगा सकुशल रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्