तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर तीन वर्षीया बालिकाको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा नवीन विककी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको छ ।

गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकाको शव आज बिहान फेला पारेको हो ।

परिवारका अन्य व्यक्ति भने भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्वतको कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड समेत अवरुद्ध भएको छ ।

त्यस्तै कुश्मा नगरपालिका–२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button