कोरोना संक्रमणबाट उपत्यकाका ८ सहित १५ जनाको मृत्यृ
काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौ उपत्यकाका ८ सहित १५ जनाको मृत्यृ भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमणका कारण काठमाडौका उपत्यकाका ८ जना सहित १० पुरुष र ५ महिलाको मृत्यृ भएको जानकारी दिनुभयो ।
योसँगै संक्रमणपछि मृत्यृ हुनेको संख्या ३ सय ६० पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।
संक्रमणबाट काठमाडौका ६ जना, भक्तपुरका र ललितपुरका १–१ जना, मोरङका २ जना, रामेछाप, गोरखा ,नवपरासी, पर्सा र कपिलवस्तु जिल्लाका १–१ जनाको मृत्यृ भएको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।
आज थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हाल सम्म संक्रमित हुनेको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ७८ जनामा रियल टाइम पिसीआर परिक्षण गर्दा आज ७ सय ७१ पुरुष र ३ सय ९९ महिलामा संक्रमण पुष्टि भएको प्रा.डा जोगेश्वर गौतमले बताउनुभयो ।
यस्तै आज थप ८ सय ७९ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज देशभर संक्रिय संक्रमितहरुको संख्या १५ हजार ३ सय ९३ जना रहेको छ भने देशभर संस्थागत आइशोलेसनमा ८ हजार एक सय १८ जना र होम आइशोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन् ।
यस्तै संक्रमितहरुमध्ये १ सय ७९ जनाको आइसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल ५ सय भन्दा बढी संक्रमितहरु उपचारमा रहेका जिल्लाहरु काठमाडौ र भक्तपुर सहीत चितवन, सुनसरी, मोरङ, सर्लाही र रुपन्देही जिल्ला रहेका छन् ।
यस्तै मन्त्रालयले कोरोना संक्रमणपछि आत्महत्याका घटना र मानसिक समस्या बढेको रिर्पोट आएको कारण यो हप्ता मानसिक स्वास्थ्यसँग सम्बन्धित हप्ताका रुपमा मानसिक रोग विशेषज्ञसँगको छलफललाई प्राथमिकता दिएको प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताउनुभयो ।
यसै क्रममा पाटन मानसिक अस्पताल लगनखेलका प्रमूख साईक्राक्टिस् डा. अनन्त अधिकारीले समाजमा डिप्रेसनलाई फरक ढंगले हेर्ने प्रवित्तिका कारण नेपालमा धेरै मनोरगी तथा डिप्रेसन भएका व्यक्तिहरु उपचारबाट बन्चित रहेको बताउनुभयो ।
डा. अधिकारीले जोसुकै व्यक्तिलाई डिप्रेसन हुनसक्ने हुँदा समाजमा रहेका भ्रम तथा गलत धारणाका पछि नलाग्न र लक्षण देखिए अफ्ठयारो नमानी मनौबैज्ञानिक तथा औषधि उपचार गर्न आग्रह गर्नुभयो ।
यस्तै डा. अधिकारीले डिप्रेसन जस्ता मनोरोगबाट बँच्न भ्रामक समाचारहरुको पछि नलाग्न, विभिन्न सामाजिक संञ्जालको अत्याधिक प्रयोगलाई कम गरी सक्रिय र सिर्जनात्मक जीवनशैली अपनाउन सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्