तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढि पहिरोले मात्र ठुलै धनजनको क्षति पुर्याएको छ ।

यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ जना बेपत्ता रहेका छन् ।

आइतबार बाह्रबिसे नगरपालिका वडा नं. ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ जना हालसम्म पनि बेपत्ता नै रहेका छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा आएको बाढी पहिरोले २ जनलाई बगाएको थियो भने १ जना हालसम्म पनि बेपत्ता नै रेहका छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो ।

बाह्रबीसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गााउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो । लामो प्रयासपछि मात्र शव फेला परेको थियो ।

त्यस्तै, साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्ड हल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा ९ जना कामदारले ज्यान गुमाउन पर्यो । यस्तै मेलम्ची खानेपानीको गेट फुटला खोलाको बेगले २ जनलाई बगाएको थियो जसमा १ जना हालसम्म पनि हराइरेहका छन् । सो पहिरोमा पुरिएका एकजनाको तत्काल उद्धार गरिएको थियो । यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका २ वरुवामा एक दम्पतीले पहिरोमा परि ज्यान गुमाए ।

त्यस्तै साउन ३० गते सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि २ जना हराइरहेका छन् । सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम सुरु भएयता ७३ जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा हालसम्म ४२ जना हराईरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पुर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

जसमा बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र शुनकोशी गाँउपालिकामा ४ घर पहिरोले पुर्ण रुपमा नै क्षति भएका हुन् । यस्तै बाढी पहिरोले सयौँ परिवार विस्थापित बाढी र पहिरोमा परी बिस्थापित भएका छन् ।

पहिरोले सबैभन्दा बढी बाह्रबीसे नगरपालिकाको १४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने रहेको प्रमुख ढकालले बताउनुभयो । यस्तै क्रमस भोटेकोशीमा ८७५ जुगल गाँउपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाँउपालिकामा ८४, लिसंखुपाखर गाँउपालिकामा ४८, बलेफी गाँउपालिकामा ७४ र त्रिपुरासुन्दरी गाँउपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालले बताउनुभयो ।

जिल्लामा हालसम्म पहिरोका कारण मुतक परिवारहरुलाई एकमुष्ट १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारहरुलाई जम्मा ११ लाख ८५ हजार र पहिरो पीडितलाई १० लाख ९ हजार राहत बितरण समेत गरिसकिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button