कलभर्टमा डुबेर युवकको मृत्यु
रुपन्देही । रुपन्देहीमा पानी जमेको कलभर्टमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगर बस्ने ४० वर्षीय प्रकाश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।
उनी सो वडाकै रामनगरस्थित कलभर्टमा जमेको पानीमा डुबी मृत फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्