सङ्क्रमणको बेला बालबालिकाको पढाइमा कमी आउन नदिन अभिभावकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुलाई बर्गिय, जातिय वा लैङ्गिक कुनै प्रकारको भेदभावको महशुस हुन नदिई उनीहरुको सर्वाङ्गिण विकासका लागि समान अवसर प्रदान गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा आयोजित कार्यक्रममा भिडियो कन्फे्रन्स मार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बालबालिकाको रुचिको विषयलाई अध्ययन र अध्यापनको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिडको संक्रमणको यो समयमा बालबालिकाको पढ्ने बानीमा कमि आउन नदिन अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले बालबालिकाको प्रविधि मैत्री शिक्षामा सहज पहुँच स्थापित गर्न इन्टरनेट सञ्जाल गाउँगाउँमा विस्तार गरिएकोले यसको समुचित प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बालबालिकाको सुन्दर भविष्यका लागि शान्त वातावरण आवश्यक पर्ने हुँदा हातहतियारको उत्पादन र ओसारपसारमा लाग्ने खर्च रोकेर बालबालिकको भविष्य निमार्णमा खर्च गर्न विश्व समुदायलाई आग्रह पनि गर्नुभयो ।
उहाँले मलुक संयुक्त राष्ट्रसंघ र बाल अधिकार सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता पक्ष राष्ट्र भएकाले मुलुकमा हिंसा जन्य कार्य नगर्न र बार्ताको माध्यमबाट निकास खोज्न असन्तुष्ट पक्षहरुलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बालालिकाको हक हित र संरक्षणमा सरकारसँग मिलेर काम गरिरहेका विभिन्न संघ संस्थाहरुलाई धन्यवाद दिनुहुंदै बालबालिको पक्षमा काम गर्र्नेलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।
त्यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिका मलुकको भविष्य निमार्णका आधारशिला भएकाले जस्तो सुकै अवस्थामा पनि बालबालिकाको हक हितको रक्षा गर्न सरकार लागि परेको बाताउनुभयो ।
मन्त्री गुरुङले विभेदलाई सुन्यमा झार्दै बालबालिकको शारिरिक, मानसिक, शैक्षिक लगायतका सबै क्षेत्रमा समान पहुंच स्थापित गर्न सरकार सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
भिडियो कन्फ्रेन्समा केन्द्र तथा प्रदेश संसदकाका सामाजिक समितिका सभापति, सांसद, बालबालिका, सञ्चारकर्मी र सरोकारवालाकोसहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्