पहिरोमा पुरिएर ४ वर्षिया बालिकाको मृत्यु, तीनजनाको उद्धार
पर्वत -पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले पुरिएर चार वर्षिया बालिकाको मृत्यु भएको छ । स्थानीय नविन विकको घर पुरिँदा उनकी छोरी निकिता विकको मृत्यु भएको हो । आज बिहान ५ बजेतिर घरमाथीबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएकी बिकको एकघण्टा पछि शव भेटिएको उद्धारमा खटिएका स्थानीय घनश्याम भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार पहिरोमा पुरिएका नविन सहित उनका घरका अन्य तीनजनाको घाईते अवस्थामा उद्धार गरिएको छ । पहिरोले स्थानीय रामप्रसाद तिवारीको गोठ भत्किँदा एउटा गोरु मरेको छ । थानेश्वर भुसालको पनि गोठ भत्किएको छ ।
करिव १ किलोमिटर माथीबाट पहिरो झर्दा सिर्सवाका एक दर्जन घर जोखिममा परेका छ् । पहिरोले धानखेत समेत बगरमा परिणत भएको स्थानीय शालिग्राम लामिछानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्