नाकपुजे पहिरोमा पुरिएका मध्ये एक महिलाको शव फेला (अपडेट)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरेको छ । नाकपुजे पहिरोमा पुरिएका मध्ये एक महिलाको शव फेला परेको छ ।
बाह्रबीसे नगरपालिका वडा न ७ घुमथाङमा पहिरोमा परि मृत्यु भएकी ७० वर्षिय भक्तिमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पार्ले बताउनुभयो। ‘ठूलै मानवीय क्षति भएको हुन सक्ने खुर सुनेर घटना स्थलतर्फ जाँदै छु’, शेर्पाले जानकारी दिनुभयो ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो ।
पहिरोले नागपुजेमा ८ घर र भीरखर्कमा १० घर गरि कम्तिमा १८ घर पुरिएको स्थानीय शिक्षक बजीर भण्डारीले जानकारी दिनुभयो ।
नागपुजे श्रेष्ठ टोलमा पुरिएका १६ जना बेपत्ता छन् भने भीरखर्कमा पहिरो र निरन्तर वर्षाको कारण घटनास्थल जान मुश्किल भएको शिक्षक भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्