तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको घुम्थाङको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो

सिन्धुपाल्चोक । लगातारको बर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा आठ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ ।

त्यहा कम्तिमा २० देखि २५ जना  पहिरोमा पुरिएको हुन सक्ने सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पार्ले बताउनुभयो। ‘ठूलै मानवीय क्षति भएको हुन सक्ने खवर सुनेर घटनास्थलतर्फ जाँदै छु’, शेर्पाले जानकारी दिनुभयो ।

 उक्त वडा ७ नम्बर वडा पर्दछ । वडाका अध्यक्ष मिनबहादुर श्रेष्ठको समेत त्यहाँ घर पर्दछ ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाई छ ।

त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ  मानवीय क्षती नभएको बताइएको छ । घटना थाहा हुने बितिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button