चितवनमा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु

चितवन । चितवनमा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ ।
कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको आज बिहान मृत्यु भएको हो ।
गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुबेदार र एक जना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुबेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजाने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्