तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १५ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप १५ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ का अनुसार मेडिकल कलेज चिसापानी आइसोलेसनबाट सात जना, भेरी अस्पतालबाट दुई जना, होटल इन्द्रेणीबाट दुई जना, होटल सिटी प्यालेस आइसोलेसनबाट दुई तथा लायन्स डेण्टल र सुशील कोइराला क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट एक /एक  जना डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या नौ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

अब आइसोलेसनमा बाँकेमा तीन सय ८६ र अन्य जिल्लाका पाच जना गरी तीन सय ९१ जना छन् । बाँकेमा हालसम्म एक हजार तीन सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।

बाँकेमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button