तपाईँ सुन्दै हुनुहुन्छः

आज कतारमा अफ्गान सरकार र तालिवानी समूहको वार्ता हुँदै

दोहा : अफगान सरकार र दशककौंदेखि अफगानिस्तानमा सशस्त्र संर्घष गर्दै आइरहेको तालिवान समूह बिच धेरै वाधा अड्चन पछि आज खाडी मुलुक कतारमा शान्ति भेटवार्ता हुँदै छ ।

यसैबिच , शान्ति वार्ताको उद्घाटन समारोहका लागि कतारका राजधानी दोहा पुग्नु भएका अमेरिकी विदेश मन्त्री माइक पम्पेवोले उक्त शान्तिवार्ता ऐतिहासिक भएको बताउनुभएको छ । ।

गत फेब्रुअरी महिनामा अमेरिका र तालिवान बिच भएको सम्झौता पछि अफगान सरकार र तालिवान समूहबिच शान्ती वार्ता तय भएको थियो ।

तर कैदि रिहाइको कुरामा सहमति हुन नसके पछि वार्ता स्थगित हुँदै आएको थियो ।

अफगान सरकारले गत बिहीबार ६ जना तालिवान नेतालाई रिहा गरेपछि तालिवान समूह  वार्तामा मा बस्न सहमत भएको हो ।

चार दशक लामो सशस्त्र सङ्घर्ष अन्त्य गरी दिगो र न्यायिक शान्तिका लागि आफूहरू वार्तामा बस्न लागेको, तालिवान प्रतिनिधिमण्डलको प्रमुख अब्दुल्ला अब्दुल्लाले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button