नेशनल मेडिकल कलेजद्धारा १७० बेडको अस्थायी कोभिड अस्पताल सन्चालन
वीरगञ्ज । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आजबाट १ सय ७० बेडको अस्थायी कोभिड अस्पताल सन्चालनमा ल्याएको छ ।
मेडीकल कलेजले बीरगंज महानगरपालीका वाडा नम्बर १६ नगवामा रहेको होटल बाबा ईन्टरनेशनलको भवनमा ८ वेडको भेन्टीलेटर, २० बेडको आईसियु सहित १७० बेड क्षमताको अस्थायी कोभिड अस्पताल निर्माण सम्पन्न गरी सन्चालनमा ल्याएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।
अस्थाई कोभिड अस्पतालको आज पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग, प्रहरी उपरिक्षक गंगा पन्त, नेशनल मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा जैनुदिन अंसारी, सशत्र प्रहरीका प्रमुख, नेपाली सेना प्रमुख लगायतकाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
कोरोना अस्पताललाई विश्व स्वास्थ्य संगठन को मापदण्ड अनुसार आधुनिक सुविधा सम्पन्न तरिकाले निर्माण गरिएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीले जानकारी दिनुभयो । अंसारीले नेशनल मेडीकल कलेज माताहात रहेको बाबा होटल भवनमा थप १३० वटा वेड चाडै नै संचालन गरी ३०० सय बेड क्षमताको कोभिड अस्पतालको रुपमा त्यसलाई व्यबस्थीत गरिने बताउनुभयो ।
उहाँले कोरोना उपचारको लागी प्रभावकारी देखिएको रेम्डेसिविर एन्टि भाइरल औषधि आवस्यक पर्ने सबै बिरामीलाई निसुल्क उपलब्ध गराउने ब्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो । कोभिड उपचारका लागी आबस्यक पर्ने सबै प्रकारका औषधि प्लाज्मा थेरापी, संक्रमितलाई खाना लगायतका सम्पुर्ण सुबिधा निशुल्क दिइने डा जैनुदिन अंसारीले बताउनु भयो ।
नेशनल मेडीकल कलेजको अस्पताल संचालनमा आएसँगै प्रदेश न २ का कोरोना संक्रमितलाई उपचार गर्न सहज हुने प्रबन्ध निर्देशक बसुरुद्धिन अंसारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्