तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा पिसिआर मेशिन खरिद अन्योलमा

मुगु । मुगुमा पिसिआर मेसिन खरिद गर्ने निर्णय प्रकृया अनिश्चित भएको छ ।

गत आर्थिक बर्षको स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमबाट बचेको रकमले जिल्लामा एउटा पिसिआर मेसिन खरिद गर्ने भन्ने सर्वपक्षीय निर्णय भएकोमा सम्बन्धित स्थानीय तहहरुले निर्णय प्रकृया अगाडि नबढाएपछि पिसिआर मेसिन खरिद प्रकृया अन्योलमा परेको हो ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधी–२०७६ को तेसो्र संशोधन नियमावलीमा भएको संशोधन बमोजिम जिल्लामा रहेका पालिकाहरुले चालु आवको असार १५ सम्म खर्च नभई बचेको रकम सम्बन्धित पालिकाको कोडिभ–१९ प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न र उक्त रकम कोभिड–१९ रोकथाम, नियन्त्रण, निदानका साथै उपचारमा मात्र खर्च गर्नु भन्ने २०७७ असार ३ गतेको मन्त्री परिषद्बाट कार्यविधि संशोधित भै पत्रचार भएकाले रकमबाट जिल्ला पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको थियो ।

निर्णय अनुसार चारवटै स्थानीय तहरुले आफ्ना प्रकोप व्यवस्थापन कोषमा जम्मा भएकोे रकम छायाँनाथ रारा नगरपालिकाको प्रकोप कोषमा जम्मा गर्ने र नगरपालिकाले पिसिआर मेसिन खरिदका लागि छोटो बाटोबाट सुचना प्रकाशित गरी मेसिन खरिद गरेर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।

निर्णय भएको करिव चार महिना बितिसक्दा पनि पिसिआर मेसिन खरिद नहुँदा अझै पनि मुगुबाट सङ्कलित स्वावहरु पिसिआर परीक्षणका लागि जुम्ला लैजानु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button