भेरीमा ७२ बेडको कोरोना विशेष अस्पताल संचालन

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना विशेष कक्ष संचालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले ७२ बेडको कोरोना विशेष अस्पतालको उद्घघाटन गर्नुभएको हो ।
भेरी अस्पतालमा कोरोना विशेष अस्पताल संचालन गर्नका लागि सबैतिरबाट सहयोगको अपिल गरिएको थियो । सोही अपिलपछि भएको सहयोगबाट आइसियु सुबिधा सहित ७२ बेडको बिशेष अस्पताल संचालनमा आएको हो ।
अहिलेलाई ७२ बेडको बनाइएपनि सय बेडमा रुपान्तरण गर्ने योजना रहेको कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
बाँकेको खजुरास्थित शुशिल प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरीएको थियो ।
सोही निर्णय बमोजि प्रमुख जिल्ला अधिकारीको अग्रसरतामा आर्थिक संकलन अभियान समेत संचालन गरिएको थियो । अभियान संचालन भएको छोटो समयमै प्रदेश सरकार र यहाँका बिभिन्न संघसस्था लगायतको सहयोगमा कोरोना विशेष अस्पताल संचालनमा आएको हो । कोरोना विशेष अस्पतालमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिने बताईएको छ ।








प्रतिक्रिया राख्नुहोस्