तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा एकै दिन तीन सय भन्दा बढी सङ्क्रमणमुक्त

जनकपुरधाम । कोरोनाले सङ्क्रमित भएर प्रदेश नंं २ को विभिन्न जिल्लाहरुको संस्थागत तथा होम आइसोलेसनमा रहेका तीन सय छ जना कोरोनामुक्त भएर आज घर फर्केका छन् ।

एकै दिनमा यतिको संख्यामा सङ्क्रमणमुक्त भएर पहिलो पटक घर फर्केको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निमित्त दिर्नेशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।

कोरोनाबाट सङ्क्रमणमुक्त हुनेहरुमा दुई सय १७ जना पुरुष तथा ८९ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले सङ्क्रमित हुनेभन्दा सङ्क्रमणबाट मुक्त हुनेको सङख्या बढेको पनि निमित्त निर्देशक झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button