सप्तरीका एसपी र डिएसपीसहित थप १७ जनामा कोरोना सङ्क्रमण

राजविराज । सप्तरीका एसपी र डिएसपी र कारागारका सुरक्षा गार्डसहित १७ जनालाई बिहीबार कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिका सदस्य समेत रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपीमा कोरोना सङ्क्रमणको पुष्टि भएको सो अस्पतालले जनाएको छ ।
यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाईकर्मी, सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मी, नौ जना कैदी बन्दी तथा राजविराज नगरपालिकाका विभिन्न वडाका दुई गरी १७ जनामा सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी कारागारमा तिन दिनअघि पनि एक महिलासहित सात जना कैदी बन्दी र दुई जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्