तपाईँ सुन्दै हुनुहुन्छः

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा ४१ जना छात्राहरूलाई साइकल वितरण

 बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ का ४१ जना छात्राहरूलाई आज साइकल वितरण गरिएको छ । उपमहानगरपालिकाको वडा नं. ८ मा बसोबास भएको र विभिन्न विद्यालयको कक्षा ८, ९ र १० मा पढ्ने छात्राहरूलाई साइकल वितरण गरिएको वडा अध्यक्ष रामबाबु पटेलले जानकारी दिनुभयो ।

छात्राहरूलाई पढाइप्रति आकर्षित गर्न र आवतजावत गर्न सहज होस भन्ने हेतुले साइकल वितरण गरिएको वडा अध्यक्ष पटेलले बताउनुभयो । वडाले कक्षा ८ को १६ जना, कक्षा ९ का १५ जना र कक्षा १० का १० जना छात्राहरूलाई साइकल वितरण गरिएको वडा सदस्य तरुण सहनीले जानकारी दिनुभयो ।

वडाले साइकल खरिद गर्न वडा स्तरीय बजेटबाट आर्थिक वर्ष २०७६।०७७ मा तीन लाख रुपैयाँ बजेट छुट्ट्याइएको थियो । साइकल वितरण कार्यक्रममा वडा सदस्य सबिता देवी पासवान, सिता देवी थरुनी, कार्यालय सहायक सन्देश सिंह, समाजसेवी रामेश्वर कुश्वाहा, शिक्षक रामजी कुश्वाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रियोधन राम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button