तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सा र रौतहटका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा बारा, पर्सा, र रौतहटका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका सात जना बाराका सात जना र रौतहटका दुई जनासहित थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

गए राति सार्वजनिक गरिएको तथ्यांकअनुसार दुई सय ९२ जनाको स्वाब परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

थपिएका १६ जनामध्ये पाँच जना महिला र ११ जना पुरुष रहेका छन् । सङ्क्रमितहरुको उमेर समूह ६ वर्षदेखि ७४ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।

थपिएका सङ्क्रमित मध्ये पर्साको वीरगन्जस्थित नबिल बैङ्कका ३२ वर्षीय एक जना कर्मचारी, त्यसै गरी बीरगंज महानगरपालिका वडा नम्बर १३ र १६ का दुई÷दुई जना , वडा नम्बर १०, का एक जना, बीरगंज ११ रानी घाटका एक जना गरी सात जना रहेका छन् ।

त्यसै गरी बारा जिल्लाको कोल्भी गाउँपालिका वडा नम्बर ६ मा एक जना, भगवानपुर बारामा एक जना, महानगढिमाई नगरपालिका वडा नम्बर ९ मा दुई जना, वडा नम्बर ८, २, ३ मा एक जना सङ्क्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button