तपाईँ सुन्दै हुनुहुन्छः

कोठामै सीमित भएर मनाइयो बीपी जयन्ति

सप्तरी । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता स्व. बीपी कोइरालाको जन्म जयन्ति यस पल्ट कोठामा सीमित भएर मनाइएको छ ।

बीपी कोइराला यूवा नेतृत्व विकास मञ्च सप्तरीले राजविराजस्थित नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालय कोठामा “यूवामा बीपी” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आज १०७ औं बीपी जयन्ति मनाएका हुन् ।

कोरोना महामारी तथा जिल्लामा जारी निषेधाज्ञालाई ध्यानमा राखी यस पल्ट खुल्ला रुपमा कार्यक्रम नगरि कोठामै सिमित भएर बीपी जयन्ति मनाएको आयोजक संस्थाका अध्यक्ष कन्हौया देवले बताए ।

कार्यक्रममा सहभागीहरुले बीपी कोइरालाले लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै स्व. कोइरालाले अपनाएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि मुलुकको राजनीति तथा पार्टीका लागि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिँदै कुनै पनि गुटउपगुटमा नलागि एकजुट भई अघि बढ्नु पर्ने बताएका छन ।

कार्यक्रमलाई नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय उपाध्यक्ष महेन्द्र यादवका साथै काँग्रेसका यूवा नेता शम्भुलाल देव, रामचन्द्र यादव, रन्धिर कर्ण, अनिल देव, समिर झा, अर्जुन साह, मो. गुलाब, घनानन्द यादवलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button