तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा निषेधाज्ञा पाँच दिन थपियो

बझाङ । समुदायमा कोरोना संक्रमण फैलदै गएपछि एक हप्ताका लागी जिल्ला निषेधाज्ञा गरेको बझाड जिल्लामा थप ५ दिन निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधवार बसेको बैठकले भदौ ३० गते सम्मका लागी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले वताउनु भयो ।

यस अगाडी भदौ १७ गतेबाट २५ गते सम्म निषेधाज्ञा गरेको थियो ।

जिल्लामा ४ सय ३६ जना संक्रमित मध्ये ३ सय ६२ जना निको भएर घर गएका छन् भने ७४ जना आइसुलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button