उच्च अदालत राजविराजका चार उत्कृष्ट कर्मचारी पुरस्कारका लागि छनोट
राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलासले चार जना उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरूलाई पुरस्कारका लागि छनोट गरिएको छ ।
उच्च अदालतले निजामती सेवा दिवस २०७७ को अवसरमा लगनशीलता, कार्यदक्षता, कार्य सम्पादन, आचरण र व्यवहारका अधारमा पुरस्कृत हुने चार जना राष्ट्रसेवक कर्मचारीको छनोट गरेको हो ।
शाखा अधिकृत महेन्द्र प्रसाद यादव, नायव सुब्बा पंकजकमार सिंह, तामेलदार भावना अधिकारी, कार्यालय सहयोगी पशुपति यादव पुरस्कृत हुने सुचीमा छनोट भएको अदालतका प्रशासन शाखाका नासु विश्वराज पोखरेलले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमणका कारण निषेधाज्ञा कायम रहेको परिस्थितिले पुरस्कार वितरण समारोह पछि उपयुक्त समयमा गरिने उहाँले बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्