तपाईँ सुन्दै हुनुहुन्छः

अवैध ३ लाख २४ हजार बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा अवैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले मंगबार बरामद गरेको छ । बेदकोट नगरपाललिका ५ दैजीबाट ३ लाख २४ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

कञ्चनपुर सशस्त्र प्रहरी एसपी वीरेन्द्र बहादुर ऐरका अनुसार अवैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको औषधी, सुर्ति, गुट्खा, बिडी, किराना सामान लगाएत एन्डोईड मोबाइलका पार्टसहरु बरामद गरेको जानकारी दिए । उनका अनुसार बरामद सामान भन्सार कार्यालय गड्डा चौकीमा बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button