तपाईँ सुन्दै हुनुहुन्छः

फुड बैंक सिमराले ५ सय घरपरिवारलाई राहत बाँड्यो 

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका स्थित फुड बैँक सिमराले ५ सय घरपरिवारलाई राहत बाँडेको छ ।

उपमहानगरपालिका वडा नं. १ र २ का युवाहरुले संचालन मा ल्याएको फुड बैंकले सिमरा र पथलैयाका बिभिन्न बस्तीहरुमा ५ सय घरपरिवारलाई राहत बाँडेको सिमरा फुड बैँकका सुशिल ढकालले जानकारी दिनुभयो ।

‘हुनेले दिएर जाउ, नहुनेले लिएर’ भन्ने नारा सहित शुरु भएको राहत कार्यक्रमले कोभिड १९ का कारण दैनिक गुजाराबाट बन्चित कोरोना संक्रमित र गरिब परिवारलाई राहत बितरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button