तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकका सतहत्तर हजार ९६६ परिवार नयाँ घरमा

सिन्धुपाल्चोक -वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबार विहीन हुन पुगेका मध्ये सिन्धुपाल्चोकका ७७ हजार ९ सय ६६ परिवार नयाँ घरमा बसाइ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) कार्यालयको अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासो सहित जम्मा लाभग्राहि ९० हजार ९ सय ४ जना रहको र जसमा ८८ हजार १ सय २३ लाभग्राही कायम भएका छन्।

भूकम्पबाट जिल्लामा ७८ हजार ३ सय ३७ घरहरु पुर्ण रुपमा क्षति पुगेको थियो तर सरकारले निर्माण गरेको निति निर्माण र कार्यान्वयनले गर्दा भत्किएका घरहरु मध्ये १२ हजार ५ सय बढी लाभान्वित बनेका छन्। लाभग्राही कायम भएकाले घर बनाउन नसकिरहदा हालसम्म पनि जिल्लामा २ हजारको हाराहारीमा पुनरावेदन पेश गर्न सदरमुकाम धाइरहेका छन्।

लाभग्राही कायम भएका मध्ये ८८ हजार १ सय १० जनाले मात्रै घर बनाउनका लागि सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारका प्रमुख प्रेमप्रसाद गौतमले बताउनुभयो ।

भूकम्प प्रभावित लाभग्राही सूचीमा रहेका सिन्धुपाल्चोकका ३ हजार ५८९ जनाले सम्झौता गरेर पनि अझै आवास निर्माण नगरेको पाइएको छ। वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परि सिन्धुपाल्चोकमा ३ हजार ५७३ जनाले ज्यान गुमाएका थिए। ९५ प्रतिशत घर भत्किएको थियो। भूकम्पपछि सिन्धुपाल्चोकमा कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्न लायक रहेका थिएनन्। घर बनाउन सम्झौता गरेर ५० हजार लिएका मध्ये ३६ लाभग्राही पहिलो किस्ता फिर्ता गरे पनि हालसम्म ३ हजार ५ सय ८९ जनाले हालसम्म पनि निर्माणको थालनी नगरिएको कार्यालयले जनाएको छ ।

कोरोना कहरका बिच बिश्व नै आक्रान्त बनिरहेको बेला जिल्लामा पुनःनिर्माणको कार्यले भने निरन्तरता पाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button