तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज नगरपालिकामा थप ७ दिनको लागि निषेधाज्ञा

सप्तरी । समुदाय स्तरमा नै कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानीय प्रशासनले राजविराजमा मंगलबार देखी पुनः ७ दिनको लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय पुनः एक साताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनु भयो ।

आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले उक्त निर्णय गर्दै राजविराज नगरपालिकाको हकमा पुर्वमा खाडो नदि, पश्चिममा सिरहा सडक खण्ड स्थित छिन्नमस्ता डेरी, उत्तरमा पम्प नहर र दक्षिणमा लिलजा टोलको बागेश्वरी मन्दिर सम्मको क्षेत्रलाई निशेधित गरेको छ ।

त्यसै गरी निजि सार्वजनिक साधनहरु जोर बिजोरको अधारमा संचालन गर्ने भए पनि सार्वजनिक सवारी साधनहरु अहिले खुल्ला नगर्ने समेत नियर्ण गरेको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिदैछ । यस अवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।

संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पटक पटक निषेधाज्ञाको म्याद बढाउँदै लगेको छ ।

स्थानीय निकायको हकमा सम्बन्धित स्थानीय तहका प्रमुखले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार भीड नगरी, सामाजिक दुरी कायम गर्दै, अत्यावश्यक सेवा र सामाग्रीका पसल तथा संस्थाहरु खोल्न सक्ने अनुमति दिन सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button