पेस्तोल र २ राउन्ड गोली सहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले हतियार सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने २४ वर्षीय खुसी राम चौधरीलाई हतियार सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडाले जनाएको छ ।
सोमबार मध्याह्न सिमा गस्तीका क्रममा पक्राउ परेका चौधरीको साथबाट एक थान कटुवा पेस्तोल र २ राउन्ड गोली समेत बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी भुडाका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको छ । उनलाई हात हतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही हुने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्