कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक वृद्धको मृत्यु

सुनसरी । मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ ।
कोभिड–१९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ३ः१५ बजे मृत्यु भएको हो । उनमा भदौ ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि गत शनिवार वृद्धलाई कोभिड उपचार केन्द्र विराटनगरमा ल्याइएको र उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
विराटनगरमा हालसम्म १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्