रगत आभाब हुन नदिन लहानमा रक्तदान

लहान । कोरोना महामारीको बेला रगतको आभाब हुन नदिनका आज सिरहाको लहानमा रक्तदान गरिएको छ । समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको बिशेष पहलमा आज ४१ जना युवाहरुले सामुहिक रुपमा रक्तदान गरेको हो ।
२४ औं मंगलादेबी स्मृति दिबसको अबसरमा सो प्रतिष्ठानका प्रदेश नम्बर – २ कि संयोजक समेत रहनुभएकी संगिता कर्माचार्यले आफु पनि रक्तदान गरी दिवस मनाएकी छिन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लहानको प्राविधिक सहयोगमा भएको रक्तदान शिविरमा रगत दिने अधिकांश मानवसेवा गर्न ईच्छुक युवाहरु रहेकाथिए ।








प्रतिक्रिया राख्नुहोस्