बाली नलाग्दै सुक्यो धान
डडेलधुरा । अमरगढी नगरपालिका–५ जिलोडा गाउँका किसानले सयौँ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ । पाक्नै लागेको धानमा रोग लागेपछि धानका बाला नलाग्दै सुक्न थालेको हो । धानका पातसहित बालाजती सबै सुकेका छन् । किसानले बेलैमा प्राविधिकसँग सम्पर्क नगर्दा धान बाली नष्ट भएको कृषक प्राविधिकहरूको भनाइ छ
धान बालीको लक्षण हेर्दा ब्लाष्ट रोग लागेको अमरगढी कृषि शाखा प्रमुख तथा कृषि प्राविधिक रमेश भण्डारीले बताउनुभयो । कृषकका खेतमा पुगेर धान लगाएको खेत हेर्दा रोगले ग्रस्त छ कृषि प्राविधिक भण्डारीले बताउनुभयो । गाउँलेहरू कसैले पनि गुनासो नगरेका कारण नगरपालिका कार्यालयको मुनी रहेको जिलोडा गाँउमा रोगका कारण धान सुकेको जनाए ।
बेलैमा किसानले खबर गरेको भए विषादी छर्केर जोगाउन सकिने थियो । उनले भने, अहिले बोट र बाला सबै मरिसकेको छ । त्यसैले धानमा बाला नै नलागी सुकेको हो । यो रोग बाट बाली जोगाउन बिउ राम्रो लगाउनु पर्ने प्राविधिकहरूको भनाई छ । वर्षेनी धान नफल्ने र समय अगावै धान सुकेर जाने गरेको स्थानीय कृषकहरू बताउँछन् ।
। अमरगढी नगरपालिका–५ जिलोडा गाउँका किसानले सयौँ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ । पाक्नै लागेको धानमा रोग लागेपछि धानका बाला नलाग्दै सुक्न थालेको हो । धानका पातसहित बालाजती सबै सुकेका छन् । किसानले बेलैमा प्राविधिकसँग सम्पर्क नगर्दा धान बाली नष्ट भएको कृषक प्राविधिकहरूको भनाइ छ
धान बालीको लक्षण हेर्दा ब्लाष्ट रोग लागेको अमरगढी कृषि शाखा प्रमुख तथा कृषि प्राविधिक रमेश भण्डारीले बताउनुभयो । कृषकका खेतमा पुगेर धान लगाएको खेत हेर्दा रोगले ग्रस्त छ कृषि प्राविधिक भण्डारीले बताउनुभयो । गाउँलेहरू कसैले पनि गुनासो नगरेका कारण नगरपालिका कार्यालयको मुनी रहेको जिलोडा गाँउमा रोगका कारण धान सुकेको जनाए ।
बेलैमा किसानले खबर गरेको भए विषादी छर्केर जोगाउन सकिने थियो । उनले भने, अहिले बोट र बाला सबै मरिसकेको छ । त्यसैले धानमा बाला नै नलागी सुकेको हो । यो रोग बाट बाली जोगाउन बिउ राम्रो लगाउनु पर्ने प्राविधिकहरूको भनाई छ । वर्षेनी धान नफल्ने र समय अगावै धान सुकेर जाने गरेको स्थानीय कृषकहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्