तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

सुनसरी । सुनसरी जिल्लाको सिमावर्ती देवानगञ्ज गाउँपालिका ६ मा एक पुरुषको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । दिउसो पानी सगै खसेको चट्याङले देवानगञ्जका ३५ वर्षीय सन्तकुमार मेहताको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका मेहताको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेहताको शवलाइ पोष्ट मार्टमका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । शनिबार भएको भन्दै आइतबार बिहान मात्रै पोष्टमार्टम गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button