तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बाराका थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणको क्रममा पर्साका २४ जना र बाराका दुई जना गरी थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित भएकाहरूको कनट्र्याक्ट टे«सिङ्गको आधारमा गरिएको पाँच सय १० जनाको स्वाब परीक्षणको क्रममा पाँच महिलासहित १६ वर्षदेखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगंजका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

सङ्क्रमित हुनेमध्ये वीरगन्जको आदर्श नगरमा रहेको नबिल बैङ्कका थप पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

त्यसै गरी वीरगन्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई जना सशस्त्र प्रहरीका जवानलाई समेत कोरोना सङ्क्रमण देखिएको प्रवक्ता डा। चौरसियाले बताउनुभयो ।

संक्रमितहुने हरुमा बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा ३ जना, वडा नम्बर ९, १५ र २५ मा दुई/दुई जनामा कोरोना पोजेटिभ देखिएको छ भने महानगरपालिकाकै वडा नम्बर ६, १०, १३, १४, २०, २१ मा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसै गरी पर्साको कालिका माई र जगरनाथपुर गाउँपालिकामा एक÷एक जना सङ्क्रमित थपिएका छन् । बाराको महागढीमाई नगरपालिकामा २ जनामा सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।
छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button