तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको शिवशनी धाम धार्मिक एवं पर्यटकीय स्थलको रूपमा विकसित हुँदै

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित चुरे पहाडको फेदीमा रहेको शिव र शनिदेव महराजको मूर्तिलाई पूजा पाठ गर्न निषेधाज्ञाको समयमा पनि भक्तजनहरूको भीड दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

महेन्द्र राजर्मागको वीरेन्द्र बजार खण्ड बाट करिब ३ किलोमिटर उत्तर दुधैला खोलाको बगर हुँदै चुरेको फेदी तथा घना जङ्गलमा रहेको उक्त स्थान शिबशनी धामको नामले प्रख्यात रहेको स्थानीय देवनारायण चौधरी बताउनु हुन्छ ।

धामका पुजारी भूपेन्द्र यादवका अनुसार करिब ९ वर्ष भन्दा अगाडी यहाँ अहिलेको जस्तो कुनै संरचना थिएन तर शनिदेवको स्थान देखी तल बजरंबलीको मूर्ति स्थापना गरिएको थियो जसलाई दैनिक रूपमा पूजा पाठ गर्ने तान्त्रिक बाबाहरू बस्ने एउटा टहरा मात्र थियो ।

विक्रम सर्बत ०७३ मा नेपाली सेना कृष्णदल गणका तत्कालीन गुल्मपति भुवनेश्वर आचायको सहयोग तथा नेपाली सेन भुवाही ब्यारेकको जनश्रमदानमा १०८ शिव लिङ्गको स्थापना गरिएको उक्त स्थानको शिलालेखमा उल्लेख गरिएको छ ।

मानिसको दैनिक जीवनमा भईरहको विभिन्न समस्या बाट मुक्ति पाउने तथा आफूले गरेको भाकल सबै पुरा हुने जनविश्वास रहेको छ । मनोकाङ्क्षा पुरा गर्ने एक पल्ट अवश्य शिव शनि धामको दर्शन गर्ने आउनुहुन सबैलाई सुझाव दिनुहुन्छ पुजारी यादव ।

इच्छाएको सबै पुरा हुने विश्वास बढ्दै जाँदा धनुषा, सिराहा, उदयपुर, सुनसरी, मोरङ र छिमेकी मूलक भारतको सीमावर्ती क्षेत्रका विभिन्न सहरहरू बाट श्रद्धालु भक्तजनहरू आउने गरेको बताउनु भयो ।

त्यसै गरी धामको दर्शन पश्चात् आफनौ मनोकाङ्क्षा पुरा भएको भन्दै प्रत्येक शनिवार यहाँ आउने गरेको गैर सरकारी संस्था महासङ्घ सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरी बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button