बीरगंजबाट थप ९३ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज
बीरगंज । बीरगंजबाट आज थप ९३ जना कोरोना सङ्क्रमण निको भई घर फर्किएका छन् ।
बीरगंजका विभिन्न अस्पतालको आइसोलेसन, होम आइसोलेसन, सामुदायिक आइसोलेसनमा उपचाररत रहेका सङ्क्रमितहरूमध्ये ९३ जना कोरोना निको भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साद्वारा आज जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
आज कोरोना निको भई नारायणी एफएमका कर्मचारीसहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सर्बसाधरण गरी ९३ जना डिस्चार्ज भएको जनाइएको छ ।
स्थानीय प्रशासनले जारी गरेको प्रेस नोटमा आजसम्म दुई हजार तीन सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको र कोरोना मुक्त भई एक हजार चार सय ९२ जना घर फर्किएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्