तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनकै बीच बाँकेबाट हराए १७ जना महिला तथा बालबालिका

बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण लगाइएको बन्दाबन्दीमा बाँकेका १७ जना महिला तथा बालबालिका हराएका छन् ।

बन्दाबन्दीका कारण सवारी साधन चलेका छैनन भने एक जिल्लाबाट अर्को जिल्ला जान समेत कठिनाई परेको अवस्थामा बाँकेका १७ जना महिला तथा बालबालिका हराएको पाइएको हो ।

मानव बेचबखिन बिरुद्धको १४आँै राष्ट्रिय दिवसको अवसरमा माइती नेपालले सार्वजनिक गरेको तथ्यांकले यसको पुष्टि गरेको छ ।

माइती नेपालले सार्वजनिक गरेको उक्त रिर्पोटमा यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रही जोखिमपुर्ण यात्रारत पाँच सय ७७ महिला तथा बालबालिकालाई नेपाल–भारत सीमाना जमुनाहाबाट उद्धार गरिएको छ ।

यसबीच बन्दाबन्दीकै अवधिमा नेपाल प्रहरीसँगको समन्वयमा बेचिन लागेको अवस्थामा नेपाल–भारत सीमानाका जमुनहाबाट एक जना किशोरीलाई रोकथाम गरी उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका अनुसार यो एक वर्षको अवधिमा पाँच सय ८५ जनाको खोज तलास तथा उद्धारको लागि कार्यालयमा निबेदन परेको माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

कोइरालाका अनुसार खोजतलास तथा उद्धारका लागि परेको निबेदनमा हालसम्म दुई सय ८० जना फेला परेका छन् । भने कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीको समयमा १७ जना महिला तथा बालिबालिका हराएको निबेदन परेको उहाँले बताउनुभयो ।

बन्दाबन्दीका बीच महिला तथा बालबालिका हराएको र खोजतलासका लागि कार्यालयमा आएको निबेदनमा हालसम्म पाँच जना फेला परिसकेको बताउँदै माइती नेपालका क्षेत्रीय संयोजका कोइरालाले भन्नुभयो, थप अरुको खोजी कार्य भइरहेको छ । बन्दाबन्दीका कारण यातायात समेत बन्द रहेको अवस्थामा पनि महिला बालबालिका हराउनु झन ठूलो दुःखत कुरा हो ।’

कोरोना कहरका कारण बिभन्न देश तथा नेपालकै बिभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरु फर्किएर आ–आफ्नो थलोमा आउनु, रोजगारी गुमाउनु र श्रम समेत गर्न नपाउनुले झन् आन्तरिक मानव बेचबिखनको जोखिमलाई बढावा मिलिरहेको यो घटना क्रमहरुले देखाएको उहाँले बताउनुभयोे ।

कोइरालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अगाडी थप्नुभयो–‘कोरोनाका कारण सिर्जित असहज परिस्थतिमा महिला तथा बालबालिका बेचबिखन र हराइरहेको घटना बढ्दै गएपछि यसको निराकरणतर्फ राज्य संयन्त्रसहित आम नागरिकको विशेष ध्यान जानसक्नुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button