तपाईँ सुन्दै हुनुहुन्छः

ड्युटीमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला बेहोस भएका एक जना प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, डडेलधुराको अजयमेरु घर भई कञ्चनपुरको बङ्कस्थित दङ्गा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो ।

गए राति ड्युटीमा खटिएका बेला अकस्मात् बेहोस भएका प्रहरी जवान ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ ।

प्रहरी जवान ऐरको हृदयघातका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button