तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषधसहित दुई जना पक्राउ

झापा । झापाको कमल गाउँपालिका–७ बाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय रोशन साह र १८ वर्षीय दिपक गुरुङ रहेका छन् । हिजो बेलुका साढे ७ बजे केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुवै जनालाई प्रहरीले चेकजाँज गर्दा लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूले बोकेको झोला खोलेर हेर्दा लुकाई छिपाई राखिएको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button