बीपी प्रतिष्ठानमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगर ११ का ४३ बर्षीया सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई भदौ १८ गते बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए । उनको हिजो साँझे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृतकको शवको व्यवस्थापनका लागि समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्