तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ र सञ्चारमन्त्री डा खतिवडाबाट राजीनामा : मन्त्रालयको कार्यभार प्रम ओलीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको
छ ।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले हजिो विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button